आज पनि घट्यो सुनको मूल्य तोलाको कति ?

अर्थ

काठमाडौ, असार ३० । आज मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुनको मुल्य तोलामा एक सय रुपैँयाले घटेको हो ।सोमबार ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सयले घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन मुल्य तोलामा ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको छ । त्यस्तैगरी आज मंगलबार चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य ५ रुपैँयाले बढेर तोलामा ९९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।