आज अमेरिकी डलरसहित ८ देशका मुद्राको भाउ बढ्यो

अर्थ

काठमाडौँ । आज असार ३१ गते (१५ जुलाई, बुधबार) अमेरिकी लरसहित ८ देशका मुद्राको भाउ बढेको छ । आज यूके पाउण्डको भाउ भने घटेको छ ।आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३७ पैसा तथा बिक्रिदर १२० रुपैयाँ ९७ पैसामा झरेको छ। यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ८१ पैसा तथा बिक्रिदर १ सय ३७ रुपैयाँ ४९ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ ६९पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ ४४ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ९ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २५ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २२ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ९३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ १८ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ३२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९१ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर ३९३ रुपैयाँ २८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ २५ पैसा तथा बिक्रिदर ३२० रुपैयाँ ८४ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *